सैनिक कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु
एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी अधिकारीहरु र इजरायली सेनाले जानकारी दिएका छन् ।
आज बिहान जेनिन शिविरमा भएको आक्रमणको क्रममा २६ वर्षीय मोहम्मद अयमान अल–सादी र २७ वर्षीय नइम जमाल जुबैदी इजरायली सेनाको गोलीबाट मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
वादी ब्रुकिन शहरमा प्रवेश गरेर आतङ्कवादी गतिविधिमा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ पुर्जी जारी रहेको व्यक्तिहरूलाई पक्राउ गरिएको इजरायल सेना जानकारी दिएको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया