प्रचण्डले नै खुलाए माओवादी केन्द्र कमजोर हुनुका कारण
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रभित्र देखिएको गुटबन्दीका कारण पार्टी कमजोर भएको टिप्पणी गरेका छन् ।
नेतृत्व निर्माण र विकासको विषयमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेको स्वीकार गर्दै उनले आगामी दिनमा सुधार गर्ने बताए ।
समावेशी लोकतन्त्र धरापमा पार्न खोज्ने प्रवृत्ति विरुद्धको लडाईंमा सफलता हासिल भएपनि आपसी गुटबन्दी र अराजक प्रवृत्तिले पार्टी अस्वस्थ पएको जिकिर गरे ।
‘गुटबन्दी पाटीमा मात्र छ भनेर नबुझ्नुहोला । तपाईंहरूको हात पनि कम छैन’, प्रचण्डले भने, ‘उस्तै उस्तै भएर हामी उस्तै भएका हौं । पार्टीभित्र सबैले गुटबन्दी, अराजकता त्यागेर अगाडि बढ्न आवश्यक छ ।’
माओवादी केन्द्र निकट उद्योग व्यवसायी महासंघको बैठकलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै उनले समाजवाद उन्मुख समाजको निर्माण गर्न व्यवसायीहले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले परिवर्तनको बाहक माओवादी केन्द्र भएपनि पार्टीभित्र अस्वस्थ प्रतिश्पर्धाका कारण विरोधीले हेप्न थालेको बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया