हारका बाबजुद लिभरपुल क्वार्टरफाइनलमा
काठमाडौं । हारका बाबजुद इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–० गोलले पराजित हुनका बाबजुद पहिलो लेगको नतिजाका आधारमा लिभरपुल समग्रमा २–१ को जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा लिभरपुलले इन्टरलाई २–१ ले हराएको थियो ।
अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलको मैदान एनफिल्डमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
६३ औं मिनेटमा एलेक्सिस सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।
यस्तै, गएराति नै भएको अर्को खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई ७–१ गोलको फराकिलो अन्तरले हराएको छ ।
यस जितसँगै बायर्न समग्रमा ८–२ गोल अन्तरको जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित, पुग्यो क्वार्टरफाइनलमा
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया