हारका बाबजुद लिभरपुल क्वार्टरफाइनलमा
काठमाडौं । हारका बाबजुद इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानसँग १–० गोलले पराजित हुनका बाबजुद पहिलो लेगको नतिजाका आधारमा लिभरपुल समग्रमा २–१ को जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको हो ।
पहिलो लेगमा लिभरपुलले इन्टरलाई २–१ ले हराएको थियो ।
अन्तिम १६ को दोस्रो लेगमा लिभरपुलको मैदान एनफिल्डमा इन्टरलाई जित दिलाउन लाउटरो मार्टिनेजले ६१ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।
६३ औं मिनेटमा एलेक्सिस सान्चेजले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।
यस्तै, गएराति नै भएको अर्को खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई ७–१ गोलको फराकिलो अन्तरले हराएको छ ।
यस जितसँगै बायर्न समग्रमा ८–२ गोल अन्तरको जित निकाल्दै युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ ।
लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित, पुग्यो क्वार्टरफाइनलमा
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया