बाजुरामा अझै सुचारु हुन सकेन मतगणना
बाजुरा । बाजुराको मतगणनामा दलहरू बिच सर्वसहमति नहुँदा मतगणना अझै सुचारु हुन सकेको छैन । बिहीबार साँझदेखि सुरु भएको मतगणनामा मुचुल्का भन्दा बढी मत भेटिएपछि दलहरु बिच विवाद उत्पन्न भएको हो ।
प्रतिधिसभा सदस्य तर्फको मतगणनाका क्रममा हिमाली गाउँपालिकाको मतदान केन्द्रमा सिलबन्दी गरिएको भन्दा ४० थान मतपत्र बढी देखिएको थियो भने प्रदेश सभा (२) तर्फ बुढीगंगा नगरपालिका ३ मा पनि मुचुल्का भन्दा बढी मत देखिएपछि विवाद उत्पन्न भएको हाे ।
दलहरु बिच विवाद समाधान गरेर मत गणना सुचारु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया