पेट्रोलियम पदार्थतको मूल्यमा परिवर्तन नहुने
काठमाडौं । नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थतको मूल्यमा कुनै परिवर्तन नगर्ने जनाएको छ ।
आयोगले गयराति प्रेस विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि अझै चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको हो ।
विज्ञप्तिमा आगामी १५ दिनमा निगमलाई करिब ५८ करोड रुपैयाँ नाफा हुने उल्लेख छ । तर, भारतीय आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवं सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतिपूर्ण अवस्था रहेकाले मूल्य यथावत राखिएको उल्लेख गरिएको छ ।
निगमका अनुसार हिजो प्राप्त नयाँ मूल्य सूचीअनुसार एलपी ग्याँसमा प्रति सिलिन्डर ४३ दशमलव ९३ रुपैयाँले बढेर आएको छ । डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य भने घटेको छ । निगमले अझै नेपाल सरकारलाई २७ अर्ब तिर्न बाँकी रहेको विज्ञप्तिमा उल्लेख छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया