मलेसियामा दुई जना उपप्रधानमन्त्री
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले शुक्रबार आफ्नो मन्त्रिपरिषद् विस्तार गरेका छन् । देशको सबै भागलाई प्रतिनिधित्व गराउँने अभिप्रायले दुईजना उपप्रधानमन्त्री नियुक्त गरेका छन् ।
एक टेलिभिजन भाषणमा प्रधानमन्त्री अन्वरले अर्थमन्त्रीको जिम्मेवारी भने आफैले सम्हाल्ने छन् । उनले सन् १९९१ देखि १९९८ सम्म पनि सो जिम्मेवारी सम्हालेका थिए।
युनाइटेड मलेस नेसनल अर्गनाइजेसन ९युएमएनओ० का अध्यक्ष अहमद जाहिद हमीदी र उत्तरी बोर्नियो राज्य सारावाकका फदिल्लाह युसुफलाई उपप्रधानमन्त्री तोकेका छन् । प्रधानमन्त्री अन्वरले यसअघि उत्तरी बोर्नियो राज्य सबा र सारावाकलाई बढी प्रतिनिधित्व दिने वाचा गरेका थिए।
अन्य प्रमुख मन्त्रीहरूमा यातायात मन्त्रालयको प्रमुख एन्थोनी लोक सिउ फुक, अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्री टेङ्कु जाफ्रुल टेङ्कु अब्दुल अजिज र विदेशमन्त्री जाम्ब्री अब्दुल कादिर लगायतका रहेका छन्।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया