बाजुरामा एमालेका कर्ण थापा पराजित, पाण्डेले मारे बाजी
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
एमाले सुदूरपश्चिम प्रदेश सहइन्चार्जसमेत रहेका प्रभावशाली उम्मेदवार कर्णबहादुर थापालाई हराउँदै कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले २६ हजार ३४९ मत पाए । थापा ५ हजार ४३७ मतान्तरले पराजित भएका हुन् ।
मंसिर ४ मा भएको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाउँदै एमालेले पुनः मतदान गर्न माग राख्दै निर्वाचन आयोगमा उजुरी गरेका थिए ।
उजुरी पछि आयोगका टोलीले स्थलगत रिर्पोटिङ पछि पुनः मतदान गर्न नपर्ने गरी मतगणन अगाडि बढाउन निर्देशन दिएको थियो । यहाँ निर्वाचन भएको ११ दिनपछि मतगणना भएको हो । पाण्डेको जितसँगै कांग्रेसकाे ५७ सिट पुगेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया