सिभिल बैंकद्वारा ‘गो क्यासलेस’ अभियान जानकी र नेपालगञ्जमा सम्पन्न
काठमाडाैं । सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी क्यासलेस अभियान सम्पन्न गरेको छ ।
जानकीमा आयोजित गो क्यासलेस अभियानको उद्घाटन कार्यक्रममा जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवी कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रम जानकी गाउँपालिका वडा नं १ का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा उपस्थित थिए । त्यसैगरी, अस्थायी प्रहरी पोष्टका प्रमुख असई सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्ट, स्थानीय बुद्धिजीवि मोहन उपाध्याय, टिकापुर रिक्सा व्यवसायी मूल समितिका अध्यक्ष लोक बहादुर बुढा क्षेत्री, जानकी अटो सेवाको अध्यक्ष तथा अटो चालक मोहन खत्री, ई रिक्सा अटो यातायात व्यवसायी संघका अध्यक्ष रामेश्वर प्रसाद महतो, विभिन्न टेम्पू व्यवसायीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जानकी गाउँपालिकाकी उपाध्यक्ष कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकी गाउँपालिकालाई यस अभियानको लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिइन् । सो अभियानले सो भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैंकिङ साक्षरता पनि प्रदान हुने कुरा बताइन् ।
त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रम प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । सो कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगंजका उपनिर्देशक छविलाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं। ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख इन्स्पेक्टर हिमालय शाह, नेपाल पत्रकार महासंघका अध्यक्ष दामोदर भण्डारी, टेम्पू व्यवसायीहरु र मीडियाकर्मीहरू सहभागी थिए ।
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुविधासँगै सुरक्षा प्रदान गरेको कुरा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राइले बताए ।
सिभिल बैंकका चिफ बिजनेस अफिसर भोला बहादुर विष्टले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरुको विवरणहरुको समीक्षा गरेर फजुल खर्चहरुलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने बताए । यस्तै उनले साना(साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिंगो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने बताए ।
सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशको दुर्गम स्थानदेखि देशका प्रमुख सहरसम्म गरी ४० हजारभन्दा बढी क्यूआर मर्चेन्टहरुलाई आवद्ध गरिसकेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया