अब बन्ने सरकारले राजनीतिक स्थिरता दिन्छ : वरिष्ठ नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।
तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार हो भने । ‘देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ,’ नेता पौडेलले भने, ‘कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस्तार गाउँसम्म पु-याउनुपर्छ, गाउँगाउँमा उद्योग खोल्नुपर्छ, यसले गाउँमा नै रोजगारी सिर्जना गर्छ र समृद्ध मुलुक बनाउन सकिन्छ ।’
उनले नवनिर्वाचित जनप्रतिनिधिले जनताको विश्वासमा धोका दिन नहुने बताए । उनले आजै पुलिमराङस्थित सहिद पार्क पुगी सहिदको सालिकमा माल्यापर्ण गरे । त्यस अवसरमा उनले आफू सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको बताए ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया