सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए ।
सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया