मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’ मा छुट
काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘द डालो रेष्ट्रो’ रेष्टुरेन्टमा विशेष छुट पाउने भएका छन्।
बैंकले आफ्ना भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई बसुन्धराको ‘द डालो रेष्ट्रो’ रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।
यस सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त रेष्टुरेन्टमा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया