कहिले सकिन्छ संसद भवन निर्माणको काम ?
काठमाडौं । असोजमै निर्माण कार्यसम्पन्न गर्ने भनेको संसद भवनको निर्माण कार्य अझै सम्पन्न हुन समय लाग्ने भएको छ ।
२०७९ असोजमा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनिएको संसद भवन निर्माणका लागि अझै चैतसम्म समय लाग्ने भएको हो ।
सिंहदरबार परिसरमा बन्दै गरेको संसद भवनको निर्माण कार्य समयमै नसकिँदा निर्वाचित संसदकाे बैठक पनि भाडाकै भवन ( अन्तराष्ट्रिय सम्मेलन केन्द्र) मा राख्नु पर्ने भएको छ ।
सिंहदरबार परिसरमा निर्माण हुँदै गरेको भवन २०७६ मा तुँदी सेस कन्सट्रक्सनले ५ अर्ब ६७ करोड लागतमा बनाउने गरी ठेक्का लिएको थियो ।
संसद् भवन २ वर्ष भित्र निर्माण गरी सक्ने भनिएको भए पनि निर्माण कार्यले गति लिन सकेन ।
भवन निर्माणको ६० प्रतिशत काम सम्पन्न भएको र चैत्रसम्म पुर्ण रुपमा सम्पन्न गरी सरकारलाई बुझाउने सम्झौता भएको भवन निर्माण आयोजनाका प्रमुख दीपक श्रेष्ठले बताएका छन् ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया