बिहे भोज खाएर १ सय ५० भन्दा बढी बिरामी
पाल्पा । पाल्पामा बिहेभोज खाएर बिरामी पर्नेको संख्या १ सय ५० भन्दा बढी पुगेको छ ।
पाल्पाको चिर्तुङधारा घोरबन्दाको सिंगो बस्ती नै बिरामी परेको हो । भाेज खान गएका बस्तीका अधिकांश बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वान्ता आउने लगायतका समस्याहरू देखिएका छन् ।
शनिबार एक बिहेमा भोज खाएर फर्किएपछि उनिहरूमा शनिबार रातिबाट उक्त समस्या देखिएकाे हाे ।
अहिले बगनासकाली गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मीहरूको टोली पठाएर उपचार गराइरहेको छ भने अलि जटिल बिरामी देखिएकाहरू तानसेनका अस्पतालहरूमा पठाइएको छ ।
ताजा अपडेट
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
-
मेची भन्सारबाट एघार अर्ब भन्दा बढी राजस्व संकलन
-
मौद्रिक नीतिको प्रभावले सेयर बजारमा हरियाली
प्रतिक्रिया