बिहे भोज खाएर १ सय ५० भन्दा बढी बिरामी
पाल्पा । पाल्पामा बिहेभोज खाएर बिरामी पर्नेको संख्या १ सय ५० भन्दा बढी पुगेको छ ।
पाल्पाको चिर्तुङधारा घोरबन्दाको सिंगो बस्ती नै बिरामी परेको हो । भाेज खान गएका बस्तीका अधिकांश बिरामीमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वान्ता आउने लगायतका समस्याहरू देखिएका छन् ।
शनिबार एक बिहेमा भोज खाएर फर्किएपछि उनिहरूमा शनिबार रातिबाट उक्त समस्या देखिएकाे हाे ।
अहिले बगनासकाली गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मीहरूको टोली पठाएर उपचार गराइरहेको छ भने अलि जटिल बिरामी देखिएकाहरू तानसेनका अस्पतालहरूमा पठाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया