गाडी, मोबाइल र रक्सीमाथि लागेको प्रतिबन्ध खुला गर्ने सरकारी निर्णय
काठमाडाैं । विभिन्न वस्तुको आयातमा लगाउँदै आएको प्रतिबन्ध सरकारले हटाउने निर्णय गरेको छ ।
गाडी, मोटरसाइकल र मोबाइल सहितका वस्तुको आयातमा सरकारले प्रतिबन्ध हटाउने सैद्धान्तिक निर्णय गरेको हो । मुद्राको सञ्चिति थोरै बढेको र आयात प्रतिबन्ध लम्बाउँदा भन्सार राजस्वमा कमी आएर सरकारी कोष समस्यामा पर्ने निष्कर्ष सहित आयात प्रतिबन्ध खुला बनाउने निर्णय गरिएको हो ।
सरकारले गएको वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको थियो । आयात प्रतिबन्ध हटाउन सरकारले समिति समेत गठन गरेको थियो । उक्त समितिले आयातमा प्रतिबन्ध लगाउँदा समस्या थपिदैँ जाने भएकाले आयात खुला गर्नु पर्ने सुझाब दिएको थियो ।
सरकारले १० वटा बस्तुमा आयात प्रतिबन्ध गरेको थियो भने ति मध्य ६ बस्तुको आयात भदौबाट नै फुकुवा गरेको थियाे । ५० हजार डरल भन्दा महँगो निजी चार पांग्रे गाडी, १५० सीसी माथिका मोटरसाइकल, तयारी रक्सी र तीनसय डलर भन्दा महँगो फोन आयातमा भने प्रतिबन्ध लगाउँदै आएको थियो ।
गाडी आयात प्रतिबन्धले लाखौँको रोजगारी जोखिममा, सयभन्दा बढी डिलर बन्द हुने अवस्थामा
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया