८ निर्माण व्यवसायी कालो सुचीमा
काठमाडाैं । ८ निर्माण व्यवसायीहरुलाई कालो सुचीमा राख्ने प्रक्रिया सार्वजनिक खरिद अनुगमन कार्यालयले अगाडि बढाएको छ ।
यसअघि ३० दिन भित्र कालो सुचीमा राख्नु नपर्ने कुनै कारण भए लिखित स्पष्टीकरण बुझाउन कार्यालयले पत्रचार गरेको भएपनि निर्माण व्यवसायीले त्यसको वेवास्ता गरेका थिए । सोही कारण अनुगमन कार्यालयले आज ७ दिने सुचना पुन जारी गरेको हो ।
त्यसरी सुचना वेवास्ता गर्नेहरूगुणराज पाठकको श्री गुण निर्माण सेवा मकवानपुर, नारायणप्रसाद भट्टराईको सिरुवा/कविर/सुनकोशी जे.भी काठमाडौं, समसुल हक मियाँ धुनियाको मुस्कान सप्लायर्स, पर्सा, रोशन खड्का र रविन्द्रकुमार गौतमको अनुष्ठान कन्सट्रक्सन काठमाडौं, रुपेश घिमिरेको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एन्ड सप्लायर्स, दिनेश पौडेलको सिरुवा कन्सट्रक्सन तिनकुने, रानी कुमारी रौनियारको दिल्ली टे«डिङ पर्सा र सिताराम चौधरीको जय गढी माई निर्माण कन्स्ट्रक्सन चितवन रहेको छ ।
सरकारी ठेक्काको काम जिम्मा लिएर समयमा काम नगरेका यी कन्सट्रक्सन कम्पनिहरुलाई ८ सरकारी स्वामित्वका कार्यालयहरुले कालो सुचीमा राख्न लेखि पठाएका हुन । समयमा काम सम्पन्न नगर्ने यी निर्माण व्यवसायीहरूले तोकिएको अवधि भर सार्वजनिक निकायको कुनै काममा सहभागि हुन पाउने छैनन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया