१ हजार ६ सय कुकुर व्यवस्थापनलाई ४० लाख खर्च

विराटनगर । १ हजार ६ सय कुकुर व्यवस्थापनका लागि विराटनगर महानगरपालिकाले ४० लाख खर्च गर्ने भएको छ । ६ महिना भित्र सम्पन्न गरी सक्नु पर्ने उक्त कामका लागि महानगरले उक्त रकम विनियोजन गरेको हो ।
कुकुरको संख्या बढ्न नदिन, बन्ध्याकरण गर्न र रेबिज विरुद्धको खोप लगाएर कुकुरको व्यवस्थापनका काम थालनी गरिएको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले बताए ।
पहिलो चरणमा ४ सय, त्यसपछि बाँकी कुकुरहरुको व्यवस्थापन गरिनेछ । शाखा प्रमुख यादवका अनुसार एउटा कुकुरको बन्ध्याकरण र खोपमा मात्रै २ हजार ५ सय रुपैयाँ खर्च हुने गर्दछ ।
विराटनगर १९ मा रहेको पशुसेवा कार्यालय मार्फत पहिलो चरणको कुकुर बन्ध्याकरणको काम थालिएको हो ।
केन्द्रमा पशु विशेषज्ञबाट मेल र फिमेल कुकुरको बन्ध्याकरणको काम सुरु गरिएको हो । एनिमल केयरसँगको सहकार्यमा कुकुर व्यवस्थापनको काम सुरु गरिएको हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया