हुम्लामा खाद्यन्न बोकेर गएको तारा एयरको जहाजमा चरा ठोक्कियो
काठमाडौं । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । नेपालगन्जबाट आज विहान ११ः३७ मा उडेको ९एन–एकेएल कल साइनको ट्वीनअटर जहाज हुम्ला विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएको हो ।
दिउँसो १ बजेतिर अदानचुली गाउँपालिकाको मुने लेकनजिकै चिल ठोक्किएको हो । चरा ठोक्किदाँ जहाजको अगाडिको भागमा क्षति पुगेको छ ।
जहाजलाई करिब १२ः३० मा हुम्ला विमानस्थलमा अवतरण गराइएको एयरलाइन्सले जनाएको छ।
हाल तारा एयरका प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको पनि जनाइएको छ ।
जहाजमा पाइलट को–पाइलट र एयरहोस्टेजसहित तीनजनामात्रै सवार थिए । कार्गोमात्रै रहेको उक्त जहाजमा चालक दलका सबै सुरक्षित छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया