आणबिक युद्धको खतरा बढ्दै गएको छ : पुटिन
काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणबिक युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले रसियाले आणबिक हतियार प्रयोग गर्न नचाहेको खुलाए ।
यस वर्षको फेब्रुअरीमा युक्रेनमाथि हमलापछि रुसले आणबिक हतियारको प्रयोग गर्ने आशंका बलियो हुन थालेको छ ।
‘यसको खतरा साँच्चै बढिरहेको छ, यसलाई लुकाउनु गलत हुनेछ,’ उनले भने ।
उनले कुनै पनि हालतमा रसियाले आणबिक हतियार प्रयोग गर्न पहल नगर्ने र यसको भण्डारबाट कसैलाई पनि धम्की नदिने बताए।
पुटिनले भने, ‘हामी पागल होइनौं, हामीलाई थाहा छ आणबिक हतियार के हो।’ रुससँग विश्वकै सबैभन्दा आधुनिक आणबिक हतियार रहेको दाबी पनि पुटिनले उक्त अवसरमा गरे ।
आफ्नो देशले आणबिक हतियार अरु कुनै देशमा तैनाथ नगरे पनि अमेरिकाले टर्की र युरोपका धेरै देशमा तैनाथ गरेको उनले आरोप लगाए ।
रुसको मानवअधिकार परिषद्को वार्षिक बैठक बोल्दै उनले जारी युक्रेन युद्ध लामो समयम्म लम्बिन सक्ने बताए ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर उद्घोष गरेको युद्धको अन्त्यहीन श्रृखला जारी छ । योबीचमा रुसले केही स्थानमा कब्जा जमाएकोमा गत महिना युक्रेनको खेरसन सहरबाट फिर्ता भएको थियो । फेब्रुअरीमा भएको आक्रमणपछि रुसी नियन्त्रणमा आएको यो एकमात्र प्रमुख सहर थियो।
यो हप्ता रुसले फेरि युक्रेनको पावर ग्रिडलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया