ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको साधारणसभा आज
काठमाडौं। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डूले साधारणसभा आज गर्दैछन् । यी दुबै बैंक मर्जरमा जाँदैछन् । मर्जरकै विषयमा छलफलको लागि साधारण सभा बोलाएका हुन् ।
ग्लोबल आइएमईको सिल्भर ओक बैंक्वेट एन्ड इन्भेष्ट सेन्टर, गैह्रीधारा काठमाडौंमा बिहान १० बजे साधारणसभा गर्दैछन् भने बैंक अफ काठमान्डूको सभा त्रिभुवन आर्मि अफिसर्स क्लब, काठमाडौंमा बिहान १० बजे सुरु गर्दैछन् ।
साधरणसभाले सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्ने कार्यक्रम छ । दुवै बैंक १:१ अनुपातमा मर्ज हुन थालेका हुन् ।
सभावमा दुबै बैंक मर्जमा गएपछि बैंकको नाम ग्लोबल आइएमई बीओके बैंक राख्ने, दुवै बैंकको लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुँदैछ ।
ग्लोबल आइएमई र बैंक अफ काठमान्डूको मंसिर २० गतेदेखि सेयर कारोबार फुकुवा भएको छ । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया