लुम्बिनी प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठक दाङमै गराउन तयारी तीव्र
दाङ । लुम्बिनी प्रदेशको दोस्रो कार्यकालको पहिलो बैठक दाङमै गर्ने तयारी तीव्रताका साथ भईरहेको छ ।
नव निर्वाचित प्रदेश सांसद र लुम्बिनी प्रदेश सरकारको नयाँ बन्ने मन्त्री मण्डललाई दाङ देउखुरीमै शपथ खुवाउने तयारी पनि सँगसँगै अगाडी बढाइएको छ ।
भर्खरै मात्रै सारिएको मुख्य मन्त्रीको कार्यालयले त्यसलाई व्यवस्थापनको काम गरिरहेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक कक्ष, प्रदेशका अन्य प्रशासनिक केन्द्र, मुख्यमन्त्रीको निवास अहिलेसम्म दाङको देउखुरीमा तयार भइसकेको छ ।
पहिलो कार्यकाल प्रदेशको अस्थायी केन्द्र बुटवलबाटै भएको भए पनि यो कार्यकाल स्थायी राजधानी दाङबाट गर्ने गरी तयारी तीव्र पारिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया