थ्रेस होल्ड कटाएका चार दलले प्रदेशमा कुनै सिट पाएनन्
काठमाडाैं । प्रदेशसभा निर्वाचनको समानूपातिक तर्फ १ दशमलब ५ प्रतिशत मत अर्थात थ्रेस होल्ड कटाएका दल समानुपातिक सिट बाँडफाटका लागि योग्य हुने भएपनि प्रदेशमा थ्रेस होल्ड कटाएका चार दलले कुनै सिट पाएका छैनन् ।
गण्डकी प्रदेशमा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र हाम्रो नेपाली पार्टीले थ्रेसहोल्ड कटाएको थियो भने कर्णालीमा नेपाल मजदुर किसान पार्टीले थ्रेसहोल्ड कटाएर पनि समानूपातिक सिट पाउन सकेन ।
आयोगका अनुसार थ्रेसहोल्ड कटाए पनि सेन्टलग विधिबाट सिट निर्धारण गर्दा उनिहरूले सिट नपाएको प्रवक्ता गुरू प्रसाद वाग्लेले बताए । तर, सङ्घीय तहमा १ सय १० सिट बाँडफाँट गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कट्नासाथ ३/४ सिट पाउने अवस्था रहने आयोगले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया