एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सांसद र सरकार मुख्य एजेन्डा
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको टुंगो लगाउन तथा सरकारमा सहभागी हुने या नहनेबारे छलफल गर्न एमाले बैठक बस्न लागेको हो ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रवार स्थगित अहिले बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको जानकारी दिए ।
प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यमा क–कसलाई पठाउने भन्नेबारे आजको बैठक केन्द्रित हुने बताइएको छ । समानुपातिकतर्फ आकांक्षी धेरै भएकाले एमालेलाई यसको व्यवस्थापन गर्न पेचिलो देखिएको छ ।
नेता रिजालका अनुसार, सरकारको सहभागिताको विषयमा पनि छलफल हुनेछ । निर्वाचन सम्पन्न भएपछि देश नयाँ सरकार गठन गर्नुपर्ने चरणमा आइपुगेको छ । तर अहिलेसम्म यसबारे एमाले अनिर्णित नै छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया