वायुसेवा निगमले चिनियाँ जहाज लिलाम गर्ने
काठमाडाैं । नेपाल वायुसेवा निगमले पाँच वटा चिनियाँ जहाजलाई लिलाम बिक्री गर्ने भएको छ ।
ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २८ महिनादेखि ग्राउन्डेडमा रहेका जहाज निगमले लिलामी गर्न लागेको हो ।
जहाल भाडामा चलाउन कुनै पनि व्यावसायिक संस्था इच्छुक नभएको भन्दै निगमले लिलामीका लागि सूचना निकालेको हो ।
अहिले ती विमान अन्तराष्ट्रिय विमानस्थलको ‘रिमोट पार्किङ वे’मा थन्काइएको छ ।
निगमले निकालेको सुचनामा ‘जहाजलाई भाडामा सञ्चालन गर्न कुनै पनि स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले इच्छा नदेखाएकाले अर्थ मन्त्रालयको रायअनुसार लिलाममार्फत बिक्री गर्न मूल्यांकनको सूचना निकालेको’ उल्लेख छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया