सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । केही दिनदेखि उच्च मूल्यमा बढ्दै आएको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँ घटेर एक लाख २ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार ५ सय रूपैयाँ बढेर एक लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।
मंगलबार भने सुनको मूल्य स्थिर थियो । सोमबार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाँ बढेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसभन्दा अघि आइतबार छापावाल सुन तोलामा २ हजार बढेर एक लाख एक हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै बुधबार प्रतितोला एक लाख पाँच हजार पाँच हजार रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि एक लाख एक हजार पाँच सय रूपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४० रूपैयाँ बढेर १ हजार ४५० रूपैयाँमा कारोबार चाँदी आज ४५ रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया