हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न चीनको आह्वान
एजेन्सी । चीनले अमेरिकालाई हङकङको कानुनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैरजिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसले दोहो-याएको छ ।
हङकङमा मानव अधिकारको स्थिति र विधिको शासनलाई लिएर अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता तथा केही अमेरिकी विधायकले गरेको गैरजिम्मेवारपूर्ण टिप्पणीप्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आइतबार जिमी लाइको ठगी मुद्दा कानुनमा आधारित निर्णय भएको स्पष्ट गरेको छ ।
कानुनको शासन हङकङको समृद्धि र स्थायित्वको आधारशिला भएको स्पष्ट गर्दै हङकङ अदालतले जिमीविरुद्धको मुद्दामा गरेको सुनुवाइ पूर्णतया वैधानिक एवम् पारदर्शी रहेको आयुक्तको कार्यालयका प्रवक्ताले बताएका छन् ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन, जिमी लाइको ठगी मुद्दामा प्रमाण स्पष्ट छ, त्यो आपराधिक मुद्दा हो, ‘ हङकङमा चीन विरोधी शक्तिलाई समर्थन नगर्न सुझाउँदै प्रवक्ताले भनेका छन् ।
निष्पक्षता, न्याय र विधिको शासनका निम्ति आफू अग्रपङ्तिमा रहेको दाबी गर्ने अमेरिकाले अपराधीलाई मानवअधिकारका नाममा संक्षरणको प्रयास गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी उनले गरेका छन् । साथै उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आह्वान पनि गरेका छन्
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया