निफ्रा र इन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच सम्झौता
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) बीच नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरू विकास गर्न समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी समबन्धि एशिया प्यासिफिक प्रबन्धक थोमस लुबेकले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार निफ्रा र आईएफसीले सहकारी गरि पूर्वाधार विकासमा लगानी बढाउने छन् । आईएफसीले नेपालमा वित्तीय र प्राविधिकको खाडल पुरा गरी पूर्वाधार क्षेत्रमा लगानी बढाउँन निफ्रालाई सहयोग गर्नेछ । परियोजना पहिचान र स्क्रीनिंग, पहिचान गरिएका परियोजनाहरूको प्रारम्भिक मूल्याङ्कन र क्षमता निर्माणमा आईएफसीले सहयोग गर्ने छ ।
यस बाहेक आईएफसीले पीपीपी मोडालिटीमा क्षमता अभिवृद्धिको लागि पनि आईएफसीले सहयोग गर्ने छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया