विषय गत शिक्षकको माग गर्दै तालाबन्दी

काठमाडाैं । दार्चुलाको शैल्यशिखर नगरपालिका रहेको मालिकार्जुन माध्यमिक विद्यालय मिलमीलीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।
लामो समयदेखी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यार्थीरूले तालाबन्दी गरेका हुन् ।
विषयगत शिक्षकहरू नभएकोले पटक पटक शिक्षक पदपुर्तीको लागी माग गर्दा समेत शिक्षक पदपुर्ती नभएपछि विद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो ।
शैक्षिक शत्रको आधा भन्दा बढी समय बितिसक्दा समेत विद्यालयमा शिक्षक नहुँदा पढाइ प्रभावित भएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुको भनाइ छ ।
नगरपालिकाले करारमा राखेका नगर शिक्षक गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नयाँ नेतृत्व आए संगै नगर करार शिक्षकको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार विद्यालयमा रहेका नगर करार शिक्षक हटाइएका थिए ।
नगरपालिकाले विद्यालयमा नयाँ शिक्षक भर्ना नगरेकोले विद्यालयमा शिक्षक अभाव भएको र विद्यार्थीको पढाइ समेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक विर सिंह खातीले बताए ।
विद्यालयका प्रधानाध्यापक खातीका अनुसार विद्यालयले आवश्यक शिक्षक पदपुर्तीको लागी नगरपालिकामा मौखिक रुपमा जानकारी गराएको र अहिले सम्म कुनै प्रतिक्रिया नदिदा यस्तो समस्या आएको हाे ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया