प्रचण्डलाई दबाबमा राख्न देउवाले रेशम चौधरीलाई रिहाइ गरी एक तीरले दुई शिकार गरे : रिजाल
काठमाडौं । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जेलमा रहेका अपराधीलाई छुटाएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार बनाउन लागेको आरोप लगाएका छन् ।
यसैगरी उनले माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको आरोप लगाए ।
‘सत्ताका सदाबाहार सौदागर शेरबहादुर देउवाले यसपटक जेजमा रहेका अपराधीलाई छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘माओवादीबिनै बहुमत पुर्याउने गरी प्रचण्डलाई दवाबमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई शिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र ?’
इतिहासमै जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर– जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले विशेषज्ञता हासिल गरेको उनको टिप्पणी छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया