चिकित्सा शिक्षा आयोगले १० कर्मचारी फिर्ता पठायो
काठमाडाैं । कामकाजमा असहयोग गरेको आरोप लगाउँदै चिकित्सा शिक्षा आयोगले १० कर्मचारीलाई फिर्ता पठाएको छ । जसमध्य ५ जना उपसचिव रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३ र शिक्षा मन्त्रालयले खटाएका ७ गरी १० कर्मचारीको काज आयोगले फिर्ता गरेको हो । त्यसरी फिर्ता पठाएका कर्मचारीहरु मन्त्रालयमा हाजीर हुन थालेका छन् ।
शिक्षा मन्त्रालयले सदस्य सचिवको सरुवा गरेपछि आयोग र मन्त्रालयबीच द्वन्द्व चर्किएको थियो । गत भदौ २० मा आयोगका सदस्यसचिव भोजराज काफ्लेलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएका थियो भने शैक्षिक गुणस्तर परीक्षण केन्द्रका तत्कालीन सहसचिव शविकुमार सापकोटालाई काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको थियो ।
सदस्यसचिव सरुवामा मन्त्रालय र आयोगबीचको द्वन्द्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हस्तक्षेप गरेर समस्या थामथुम पारेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया