७ नेपाली विरुद्ध भारतीय प्रहरीमा उजुरी
काठमाडाैं । तटबन्ध निर्माणमा अबरोध गरेको भन्दै ७ नेपाली विरुद्ध भारतीय प्रहरीमा उजुरी परको छ । महाकाली नदीमा तटबन्ध निर्माणको काममा विरोध गरी कामदार माथि ढुंगामुढा गरेको भन्दै तटबन्ध निर्माण कम्पनीले ७ जना नेपाली विरुद्ध भारतीय प्रहरीमा जाहेरी दर्ता गरेका हुन् ।
भारतीय अरुण कन्सट्रक्सनका ठेकेदारले थाना कार्यालय धारचुलामा मुद्दा दायर गरेका हुन । भारत पिथौरागढ जिल्लाको धारचुला थानाप्रमुख कँवर सिंह रावतले भारतीय कानुन अनुरुप उजुरी दर्ता भएको पुष्टि गरेका छन् ।
यता दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले नेपाली विरुद्ध जाहेरी परेको विषयमा आधिकारीक जानकारी नआएको बताइन । निर्माण कम्पनीले जाहेरी दिएको अपुष्ट खबर पाएपनि आधिकारिक खबर नआएको बताइन ।
गत मंसिर १८ गते भारतीय पक्षले महाकाली नदीको बहाव नेपालतिर पर्ने गरी एकलौटी रुपमा तटबन्धन गरेको भन्दै स्थानीयले विरोध गरेका थिए ।सोही विवादमा दार्चुलामा दुइ देशका स्थानीयबीच झडप भएको थियो । झडपमा परि नेपाल तर्फका ४ र भारतीय २ जना घाइते भएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया