पुसमा निक्षेपको ब्याजदर स्थिर रहने
काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन् । नेपाल बैंकर्स संघका निर्णय अनुसार पुसमा निक्षेपको ब्याजदर यथावत रहने भएको हो ।
यससँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको छ ।
बैंकहरूले असोजमा ब्याजदर बढाएका थिए । त्यतिबेला बैंकले १५ प्रतिशतसम्म ब्याज बढाएका थिए । त्यसयता बैंकहरूले असोजकै ब्याजदर कायम राख्दै आएको छ ।
अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपनि पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ब्याजदर स्थिर राख्ने निर्णय भएको बैंकर संघले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया