महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ ।
कामपाले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान सामुदायिक विद्यालयको सरसफाइ गरेको हो ।
कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिए । विद्यालय सफा गर्न अभिभावक, शिक्षक र जनप्रतिनीधिको सहभागिता थियो ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कामपाले नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला/निबन्ध र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।
कार्यक्रमको विशेष दिन अर्थात् यही मङ्सिर २९ गते विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान, स्वस्थ्य शिविर सञ्चालन र विभिन्न विधाका लागि सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ । दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २८ गते बिहान उद्घाटन गरिनेछ ।
विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौं नगरलाई महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रुपमा मनाउने गरिएको हो । विसं १९७६ पुस २ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत संरचना विकास हुँदै २०५२ साल सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया