खानेपानीका लागि एप्स सञ्चालनमा
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नुवाकोटका आफ्ना ग्राहक तथा खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
मोबाइल एप्समा ग्राहकका लागि ग्राहक सूचना प्रणाली र व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको हाे ।
ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एप्सबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितिका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्ने विशेषता रहेको समितिका अध्यक्ष सन्जिवबहादुर श्रेष्ठले बताए ।
एप्सले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिने उनको भनाइ छ ।
मोबाइल एपमार्फत स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली, अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याएको हो । यसअघि संस्थाले खानेपानी मिटर रिडिङलाई डिजीटल गरी अनलाईन भुक्तानीसहितको सुविधा सञ्चालनमा ल्याएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया