कंगो बाढीपहिरो : एक सय जनाको मृत्यु
एजेन्सी । भारी वर्षाका कारण कंगोमा गएको बाढीपहिरोमा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताएका छन् ।
प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताएका छन् । झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।
गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन् ।
गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताए । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया