चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिए
डकार । संयुक्त राष्ट्रसङ्घले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।
आप्रवासीहरू पश्चिम–मध्य चाडको मौसोरो सहरबाट करिब डेढ वर्षअघि पिकअप ट्रकमा निस्केका र ट्रक बिग्रिएर उनीहरूको भोकप्यासले ज्यान गएको उक्त सङ्गठनको अनुमान छ । उक्त घटनाबाट सङ्गठनले मर्माहत भएको बताउँदै मृतकका परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।
चाडमा सङ्गठनका चाड प्रमुख एनी क्याथ्रिन शेफरले यस्ता अकल्पनीय मृत्यु रोक्न सुदृढ सामूहिक काम अपरिहार्य भएको बताएका छन् । बितेका आठ वर्षमा सहारा मरुभूमि पार गर्ने प्रयासमा पाँच हजार छ सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता अभिलेखबाट सङ्गठन थप चिन्तित भएको उनले बताए । यो वर्ष करिब एक सय ५० आप्रवासीको मरुभूमिमा मृत्यु भइसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया