जिल्ला अस्पताल डोटीको सेवामा सुधार हुँदै
डोटी । जिल्ला अस्पताल डोटीले अस्पतालबाट दिने सेवालाई सुधार गर्दै लगेको छ । हिजोआज अस्पतालमा नै अक्सिजन प्लान्ट जडान गरिएको छ । बिरामीको सहजताका लागि टोकन प्रणाली लागु गरेपछि सेवाग्राहीलाई सहज पनि भएको छ ।
टिकट काउन्टरमा नाम दर्ता गरिसकेपछि सेवाग्राहीले ओ.पी.डी.मा डाक्टर भेट्न मेसिनबाट टोकन लिनु पर्छ । यसो गर्दा भिडभाड कम हुने तथा व्यवस्थित तवरले जाँच गर्न पाइएको बिरामीहरूको भनाइ छ । अस्पतालको सरसफाइ र अन्य विषय पनि विस्तारै सुधार हुँदै गएको सेवाग्राही सन्तोष नेपालीले बताए ।
हाल अस्पतालमा तीन जना एमडी र ६ जना एमबीबीएस गरि नौ जना डाक्टरले सेवा दिइरहेका छन् । अस्पतालमा दैनिक एक सयदेखि डेढ सय जनासम्म विरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालको लागि प्रदेश सरकारको लगानीमा दुई ओटा नयाँ भवन पनि निर्माण भइरहेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया