राजनीतिक पृष्ठभुमि भन्दा बाहिरका व्यक्ति राष्ट्रपति मान्य नहुने : महासचिव देव गुरुङ
काठमाडाैं । राजनीतिक पृष्ठभूमि भन्दा बाहिरका व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्न पनि नसकिने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताएका छन् ।
देशमा वैदेशिक हस्तक्षेप बढेको बेला राजनीतिक पृष्ठभुमि भन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङले बताएका छन् ।
आज राजधानीमा आयोजीत संवाद डबलीमा आफ्ना कुरा राख्दै गुरुङले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा राजनीतिक प्रणालि भन्दा बाहिरको भन्दै त्यो तर्क मान्य नहुने कुरामा जोड दिए ।
अब बन्ने सरकारको नेतृत्व आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा हुने दावी गर्दै महासचीव गुरुङले माओवादीको विचारले मुलुकलाई नेतृत्व गरेको हुनाले दाहाल नेतृत्वमा सरकार बन्नु स्वभाविक हुने दावी गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया