आईओसीले इन्धनको मुल्य घटाएर पठायो, नेपालमा पनि घट्ने संकेत
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मुल्य पुन: घटाएर नयाँ सुची पठाएको छ । शुक्रबार पठाएको सुची अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आएको छ भने डिजेल १२ रुपैयाँ ३१ पैसा र हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटाएर पठाएको हो ।
यो पटक पनि मुल्य सुची घटेर आएपछि उपभोक्ताका लागि इन्धनको मुल्य घटाउने तयारीमा निगम रहेको स्रोतको दाबी छ । अहिले निगमलाई पेट्रोलमा करिब २० रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य लगातार ओरालो लागेपछि इन्धनको भाउ पनि घटेर आएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया