भारतीय ट्रकको मनपरी ढुवानी रोक्न माग
काठमाडाैं । तोकेको भन्दा तेब्बर तौल बोकेर देशभर ढुवानी गरेको भन्दै भारतीय ट्रकको मनपरि रोक्न ट्रक व्यवसायीको संस्थाले माग गरेको छ । रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गर्दै नेपाली ट्रक व्यवसायीहरूले सरकारसँग यस्ताे माग गरेका हुन् ।
कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको भन्दै यसलाई नियन्त्रणमा लिन उनीहरुले सरकारलाई दबाब दिएका छन् ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा ट्रकले भन्सार बिन्दुसम्म ओसारेको समान नेपली ट्रकले ढुवानी गर्न पाउने खालको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
उनिहरुले भन्सार कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया