सर्लाहीमा गोली चल्दा १ जना गम्भीर घाइते
काठमाडाैं । शुक्रबार साँझ सर्लाहीको रामनगरमा गोली प्रहार हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रामनगर गाउँपालिका ६ मा का स्थानीय सुरेश साह रहेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मामाको छोरासँग लेनदेनको विषयमा विवाद बढेपछि साह माथि गोली प्रहार भएको हो । घटना स्थलबाट प्रहरीले मामाका छोरा रामप्रवेश साहसँगै २ जनालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।
घाइते सुरेश सशस्त्र प्रहरीमा काठमाडौंमा कार्यरत रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदै छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया