उपचार सेवा पाउनु नागरिकको हकः महासेठ
महोत्तरी । नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले उपचार सेवा पाउनु नागरिकको प्रारम्भिक हक भएको बताएका छन् ।
आज महोत्तरीको बर्दिबासमा निजी लगानीमा स्थापना भएको साइ मल्टिस्पेसियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको शुभारम्भ गर्दै महासेठले मानवीय सेवाका रूपमा स्वास्थ्य संस्थाले उपचार दिनपर्ने बताए । स्वास्थ्योपचार सेवामा सर्वसाधारणको सहज पहुँच बढाउन स्वास्थ्य संस्थाले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।
“तपाईंले निजी लगानीमा अस्पताल सञ्चालनमा ल्याउनुभएको छ”, अस्पताल सञ्चालक डा महेश महासेठको ध्यानाकर्षण गराउँदै सचिव महासेठले भने, “तर यसलाई नाफा कमाउने व्यापारिक प्रतिष्ठान नभई मानवीय सेवाको केन्द्रका रूपमा विकास गराउनोस् ।” सेवाभावले निरन्तर काममा लागे सहयोगी हात थपिँदै जाने सचिव महासेठको सुझाव छ ।
नवस्थापित ३५ शय्याको यो अस्पतालमा आकस्मिक सेवा, एचडियु, आइसियु र एनआइसियुजस्ता आधुनिक प्रविधि, प्रसूति सेवा, ट्रमा (हाड जोर्नी र नशासमेत), बालरोग विशेषज्ञ सेवा उपलब्ध हुनेछ ।
अस्पतालका मुख्य प्रबन्धक डा .गङ्गाराम खर्काले सर्वसाधारणमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले अस्पतालको स्थापना गरिएको बताउनुभयो । प्रारम्भिक चरणमा रु तीन करोड लगानी भएको अस्पतालमा १५ जना दक्ष विशेषज्ञ चिकित्सक र ३० जना अन्य स्वास्थ्यकर्मी छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया