संसदीय दलको निर्वाचन तयारीका लागि कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक
काठमाडौं । संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको तयारी लगायत विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
आइतबार दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन मुख्य सचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गरेका छन् ।
मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा कांग्रेस पहिलो दल भएको छ । प्रतिनिधिसभामा उसले ८९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धनले १३६ सिट जितेको छ ।
गठबन्धनको सहयोगमा सरकार गठनको तयारी गरिरहेका प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पार्टीभित्रै महामन्त्री गगन थापा, नेता रामचन्द्र पौडेल र डा. शेखर कोइरालाले चुनौती दिएका छन् । संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले दलको नेताको निर्वाचनमा कांग्रेस जुटेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया