रुस-युक्रेनबीच पहिलो उच्चस्तरीय वार्ताः उल्लेखनीय प्रगति भएन
अन्टाल्या । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्की भेटवार्तामा उल्लेखनीय प्रगति नभएको बताइएको छ । टर्कीमा भएको वार्तापछि बोल्दै युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना रुसी समकक्षी सर्जेई लाभरोभले आत्मसमर्पणको माग गरेको बताए ।
यसैबीच, लाभरोभले आफ्नो देशको सैन्य कारबाही योजना अनुरुप भइरहेको बताएका छन् । युक्रेनलाई हतियार दिएर पश्चिमी राष्ट्रहरुले खतरनाक व्यवहार गरेको पनि उनले बताए ।
रुसले मरिउपोलको अस्पतालमा आक्रमण गरेर युद्ध अपराध गरेको आरोप युक्रेन लगाइरहेको समयमा दुई देशका मन्त्रीहरुबीच वार्ता भएको हो । मरिउपोलमा मानवीय अवस्था नाजुक रहे पनि रुसले मानवीय करिडोरका लागि सहयोग नगरेको पनि कुलेबाले बताएका छन् ।
फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच सुरु भएको युद्धपश्चात दुई देशबीच पहिलोपटक उच्चस्तरीय वार्ता भएको हो । वार्ताको मध्यस्थता टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले गरेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया