रुस-युक्रेनबीच पहिलो उच्चस्तरीय वार्ताः उल्लेखनीय प्रगति भएन
अन्टाल्या । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्की भेटवार्तामा उल्लेखनीय प्रगति नभएको बताइएको छ । टर्कीमा भएको वार्तापछि बोल्दै युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले आफ्ना रुसी समकक्षी सर्जेई लाभरोभले आत्मसमर्पणको माग गरेको बताए ।
यसैबीच, लाभरोभले आफ्नो देशको सैन्य कारबाही योजना अनुरुप भइरहेको बताएका छन् । युक्रेनलाई हतियार दिएर पश्चिमी राष्ट्रहरुले खतरनाक व्यवहार गरेको पनि उनले बताए ।
रुसले मरिउपोलको अस्पतालमा आक्रमण गरेर युद्ध अपराध गरेको आरोप युक्रेन लगाइरहेको समयमा दुई देशका मन्त्रीहरुबीच वार्ता भएको हो । मरिउपोलमा मानवीय अवस्था नाजुक रहे पनि रुसले मानवीय करिडोरका लागि सहयोग नगरेको पनि कुलेबाले बताएका छन् ।
फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच सुरु भएको युद्धपश्चात दुई देशबीच पहिलोपटक उच्चस्तरीय वार्ता भएको हो । वार्ताको मध्यस्थता टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले गरेका हुन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया