‘२ नम्बरी’बाट पललाई हटाइने, अर्कै नायकको खोजी हुँदै
काठमाडाैं । नायक पल शाह फिल्म ‘२ नम्बरी’ बाट हट्ने भएका छन् । एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका नायक शाहलाई उक्त फिल्मबाट निर्माण टिमले हटाउने भएका हुन् ।
फिल्मका निर्देशक दीपेन्द्र लामाका अनुसार फिल्ममा पल शाहको ठाउँमा अर्को कलाकार लिएर काम गर्ने तयारी गरेको छ । नायक शाहलाई हटाउने निर्णय भने भइनसकेको निर्माण पक्षले जानकारी दिएका छन् । निमार्ण पक्षले नायक शाहको ठाउँमा अर्का कलाकार राखेर काम सुरू भने गर्ने तयारी गरेको छ ।
पहिलो चरणको कोरोना महामारीको कारण रोकिएको फिल्मको छायांकन बल्ल अहिले सुरु हुन लागेको हो । फिल्मको १ चैत्रबाट छायांकन सुरु हुने तयारीमा रहेको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया