रियलमीको नयाँ ब्रान्ड एम्बासडरमा नीति शाह
काठमाडाैं । रियलमीले नीति शाहलाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ । योसँगै शाहले अब रियलमी, नार्जो र एआइओटी एवं वेरेबल लगायत अन्य इकोसिस्टम प्रोडक्टहरु पनि एन्डोर्स गर्नेछिन् ।
उनी मिस इन्टरनेसनल नेपाल २०१७ को विजेता हुन् । उनले २०१७ मा जापानमा भएको मिस इन्टरनेसनल नेपालमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘ब्रान्ड एम्बासडरको रुपमा निती शाहसँग काम गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । मानिसहरुलाई प्रभावित पार्न सक्ने उनको क्षमताले पक्कै पनि रियलमी ब्रान्डलाई अझै धेरै उपभोक्ताहरु सामु परिचित बनाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’
त्यस्तै गरी रियलमीकि नवनियुक्त ब्रान्ड एम्बासडर निती शाहले भनिन्, ‘रियलमी ब्रान्डको सदस्य हुन पाउँदा म एकदमै उत्साहित छु । कम्पनीको जुन डेयर टु लिप मान्यता छ, व्यक्तिगत रुपमा म आफैँ पनि यो मान्यतामा विश्वास राख्छु । मलाई यो अवसर दिएकोमा रियलमी ब्रान्ड प्रति आभारी छु, मलाई आशा छ यो सहकार्यले पक्कै पनि हामी दुवैलाई एउटा नयाँ उचाइमा पु-याउनेछ ।’
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया