ट्राफिक नियम उल्लघंन गर्ने २७० जना चालक कारबाहीमा
काठमाडाैं । काठमाडाैं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना , लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको छ ।
सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरिएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरीएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया