ट्राफिक नियम उल्लघंन गर्ने २७० जना चालक कारबाहीमा
काठमाडाैं । काठमाडाैं उपत्यकामा आज बिहान गरिएको विशेष चेकिङको क्रममा २७० जना ट्राफिक नियम उल्लघंन गर्ने चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने १० जना स्कुल बसका चालक कारवाहीमा परेका छन् । जस्मा सवारी चालक अनुमतिपत्र साथमा नलिई चलाउने ४ जना , नम्बर प्लेट स्पष्ट नभएको १ जना , लापरवाहीको साथ सवारी चलाउने १ जना र अन्य कसुरमा ४ जना स्कुल बसका चालकलाई कारवाही गरीएको छ ।
सोही चेकिङकै क्रममा ट्राफिक नियम उल्लघंन गर्ने अन्य २५४ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारवाही गरिएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्दै सुरक्षित यात्रा गराउन चेकजाँच गरी ट्राफिक नियम उल्लघंन गर्ने चालकलाई कारवाही गरीएको काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया