स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्किएका छन् ।
स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किएका हुन् । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उनी स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहेका नेता पुनको स्वागत गरेका थिए ।
वंशाणुगत जण्डिसबाट पीडित भएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका थिए ।
स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहेकी नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिइन् ।
ताजा अपडेट
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
-
सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्री लेखकको निर्देशन
प्रतिक्रिया