मलेसिया बाढी : ५६ हजार बढी विस्थापित
एजेन्सी । मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।
सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ । बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् ।
केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया