रोजेको मन्त्रालय लिन देउवाले अफर गर्दागर्दै प्रदीपले किन रोजे गगन ?
काठमाडौं । संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापाको समर्थक नै बसेर युवा नेता प्रदीप पौडेलले सबैलाई ‘सरप्राइज’ दिएका छन् । एक वर्षअघि भएको पार्टी महाधिवेशनमा उनी नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।
गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनी काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचनमा आफूलाई सघाउन पौडेललाई निरन्तर आग्रह गरिरहेका थिए ।
स्रोतका अनुसार देउवाले अब बन्ने सरकारमा ‘रोजेको मन्त्रालय दिने’ अफरसमेत गरेका थिए । दुई युवा महामन्त्री एक ठाउँ उभिएका वेला प्रदीप आफूसँग हुँदा माहोल थप सहज हुने देउवाको बुझाइ थियो । तर, प्रदीप रोजेको मन्त्रालयको अफर त्यागेर पार्टीभित्र पुस्तान्तरणको पक्षमा उभिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया