ट्विटरको सिइओबाट राजीनामा दिने एलन मस्कको घोषणा
काठमाडौं (एजेन्सी) । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
‘यस जिम्मेवारीका लागि कुनै व्यक्ति भेट्नेबित्तिकै म राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु,’ उनले ट्विटरमा लेखेका छन् ।
यसअघि मस्कले टिवटरको सिइओ पद छाड्न ठीक कि सम्हाल्न भनेर ट्वीटर पोल गरेका थिए । उनले नतिजा जे आए पनि आफूलाई स्वीकार्य हुने समेत उल्लेख गरेका थिए ।
मतगणनामा ५७.५ प्रतिशतले पद छाड्ने पक्षमा र ४२.५ प्रतिशतले नछाड्न मत दिएका थिए ।
केही महिनाअघि मस्कले ट्विटर खरिद गरेयता उनले नीतिहरू परिवर्तन गर्दै आइरहेका छन् । जसका कारण उनको आलोचना हुँदै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया